• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    भक्तपुर अस्पतालमा आइसियु सेवा बन्द

    भक्तपुर अस्पतालमा आइसियु सेवा बन्द

    हेल्दीखबर
    बिहीबार , फागुन २६ २०७८
    हेल्दीखबर
    बिहीबार , फागुन २६ २०७८
    भक्तपुर अस्पतालमा आइसियु सेवा बन्द


    भक्तपुर । स्थापना भएको ११९ वर्षपछि पहिलोपटक सञ्चालनमा आएको भक्तपुर अस्पतालको बच्चाको आइसियु बन्द भएको छ। बागमती प्रदेश सरकारको बजेटमा यही फागुन १ गतेदेखि अस्पतालका तत्कालीन मेडिकल सुपिरटेन्डन्ट डा सुमित्रा गौतमले सञ्चालनमा ल्याएको २० शय्याको आइसियु बन्द भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 

    अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बच्चाको आइसियु नहुँदा आकस्मिक अवस्थामा बिरामीलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको बच्चाको आइसियु मेसु सरुवा भएलगत्तै बन्द भएको अस्पतालका कर्मचारीले बताएका छन्। 

    images

    अस्पतालका तत्कालीन मेसु डा गौतमले भक्तपुर अस्पतालमा बच्चाको आइसियु नहुँदा प्रसव पीडामा रहेका महिला र बच्चाको ज्यानै जाने अवस्था अन्त्य गर्न २० शय्याको एनआइसियु र १६ शय्याको अर्को आइसियु सञ्चालनमा ल्याइएको भए पनि आफ्नो सरुवा भएको केही दिन पछि नै बच्चाको आइसियु एाआइसियु बन्द भएको सुन्दा दुःख लागेको डा गौतमले बताउनुभयो । अस्पतालले बच्चाको आइसियु सञ्चालन गर्न थप छ जना नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन गरेकाले बन्द सेवा पुनः सञ्चालन गर्नुपर्ने उहाको भनाइ छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार