काठमाडौं । आज देशभर थप १९४ जना संक्रमित थपिएका छन् । यस्तै थप ३४८ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन बिधिबाट ६ हजार ३९४ जनाको नमुना परीक्षण भएकोमा १९४ जनालाई कोरोना देखिएको हो।
त्यसैगरी आज कोरोना संक्रमणबाट थप १ जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८७५ सय रहेको छ । यस्तै आइसीयूमा ४२ र भेन्टीलेटरमा ५ जना संक्रमित उपचाररत छन् ।