• बुधबार, ४ कात्तिक २०८३
  • images

    थप १०५ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

    थप १०५ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

    हेल्दीखबर
    बिहीबार , फागुन १९ २०७८
    हेल्दीखबर
    बिहीबार , फागुन १९ २०७८
    थप १०५ जना कोरोना संक्रमित, तीन जनाको मृत्यु

     काठमाडौं । आज थप १०५ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।  यस्तै कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई  हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० जना र दुई  हजार ४७६ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जना गरी १०५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै संक्रमितमध्ये ६१ जना आईसीयू र ९ जना भेन्टिलेटरमा उपचाररत छन्।
    पछिल्लो २४ घण्टामा ३२० जना निको भएका छन् । हाल सात हजार ५१७ जना संक्रिय संक्रमित रहेका छन्। जसमध्‍ये ७ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार