• शुक्रबार, ६ कात्तिक २०८३
  • images

     राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशन चैत २५ गतेदेखि हुने

     राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशन चैत २५ गतेदेखि हुने

    हेल्दीखबर
    शनिबार, फागुन १४ २०७८
    हेल्दीखबर
    शनिबार, फागुन १४ २०७८
     राष्ट्रिय स्वास्थ्यकर्मी संघको चौथो महाधिवेशन चैत २५ गतेदेखि हुने

    काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो महाधिवेशन चैत २५ गतेदेखि काठमाडौंमा हुने निश्चित भएको छ ।  
    शुक्रबार बसेको संघको केन्द्रिय कार्य समितिको बैठकले चैत २५ देखि  २७ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
    संघका सचिव हिमालय तिवारीले महाधिवेशन सफल बनाउन विभिन्न उपसमिति, विधान समिति तथा मूल आयोजक कमिटिको गठन गरिएको बताउनुभयो । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा ३० हजार बढी स्वास्थ्यकर्मीहरु आवद्ध छन् ।
    बैठकमा एमाले स्वास्थ्य विभाग प्रमुख एवं सचिव योगेश भट्टराई, जनसंगठन समन्वय  विभाग प्रमुख एवं स्थायी समिति सदस्य भानुभक्त ढकाल, जनसंगठन समन्वय विभाग उप प्रमुख रचना ढकाल लगायतको सहभागिता थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार