आजबाट अनलाइनबाटै प्रवेशपत्र वितरण गरिने
काठमाडौ । शहीद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रले स्टाफ नर्सको लिखित परीक्षा फागुन ७ गते शनिबार लिने भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै खुल्ला प्रतियोगितात्मक परीक्षाका आधारमा करार सेवामा पदपूर्ति गर्नका लागि अनलाइन आवेदन दिने नर्सहरुले गणेश उच्च माध्यामिक विद्यालय हाडीगाँउमा परीक्षा केन्द्र तोकेको जनाएको छ ।
प्रवेशपत्र वितरण भने आजबाट वितरण गरिने छ । तर प्रवेशपत्र लिनका लागि अस्पताल जानुपर्दैन । अनलाईनबाट प्रवेश पत्र पाइनेछ । उक्त प्रवेशपत्रलाई नर्सहरुले प्रिन्ट गरी परीक्षा केन्द्रमा आउनसक्नेछन् ।
हेरौंसूचनाः 