नियमित औषधी सेवनले निको हुन्छ
काठमाडौँ । काठमाडौँ कपनकी १८ बर्षिया पियङ्का रानालाई विगत ६ बर्षदेखि छारेरोग देखिएको छ । उहाँलाई १२ बर्ष उमेरदेखि नै छारेरोग देखिएको हो । १२ बर्षको उमेरमा छारेरोग देखिएको राना हाल नियमित औषधी सेवन गरिरहनुभएको छ ।
उहाँलाई पुरै जिउ काम्ने र वेहोस हुने लक्षण रहेको छ । “ छारेरोग देखिनै वित्तिकै चिकित्सकहरुको सल्लाहमा औषधी सेवन गरेको हुँ” उहाँ भन्नुुहुन्छ, “तर अहिलेसम्म निको भएको छैन । औषधी सेवनले रोग कम भने उहाँको भनाई छ ।
शुरुशुरुमा उहाँमा छारेरोगको लक्षण दिनहुँ हुने गर्दथ्यो । तर पछि औषधी सेवनले महिनामा सातदेखि आठ पटकसम्म शरिर काम्ने र ढल्ने लक्षण देखिएकोमा अहिले भने त्यो लक्षण चारदेखि पाँच पटक मात्र हुने गरेको छ । उहाँलाई ढल्नुअघि कमजोर महसुस हुने, मांसपेसीले काम नगरेको हुने र काम्नेसंगै तथा त्यसको ५ देखि ६ मिनेटभित्रमा ढल्ने र वोहोस हुने गर्नुहुन्छ । “ढल्नेवेलामा टाउको दुख्ने र थाहा नहुने जस्ता समस्या हुन्छ,” उहाँले भन्नुहुन्छ, “ त्यसपछि म बेहोस हुन्छ र ढल्ने गर्दछु ।”उहाँलाई प्राय विहान उठ्ने वेला र साँझ सुत्ने वेला शरिर काँम्ने गर्दछ । दिउँसो भने कहिलेकाही मात्र शरिर काम्ने गरेको राना बताउनुहुन्छ । शरिर काम्ने अघि उहाँ औषधी सेवन गर्नुहुन्छ । औषधी नियमित सेवन गरेर उहाँको छारेरोग अहिले केही नियन्त्रणमा आएपनि अहिले फेरि रोग बल्झिएको थियो । उहाँ अहिले नियमित औषधी सेवनले गर्नुहुन्छ । कपनकी राना एउटा उदाहरण मात्र हुनुहो । उहाँजस्ता हजारौं छारेरोगी नेपालमा छन् ।
के हो छारेरोग,कसरी लाग्छ ?
राष्ट्रिय न्यूरो केन्द्रका उपनिर्देशक डा. सुमन भट्टराईले नेपालमा प्रति एक हजारमा ७.३ जनामा छारेरोगको समस्या देखिने गरेको बताउनुभयो । उहाँका अनुसार छारेरोग बालबालिकादेखि बृद्धासम्म लाग्ने गरेको छ ।
उहाँले जन्मिदा नै मानिसको मस्तिष्कमा अक्सिजन नपुगेर छारेरोग लाग्ने गरेको बताउहुन्छ । मानिसको उमेर बढदै गएपछि पारालाइसिस इन्सेफ्लाइटिक्स, मेनेजाइटिक्स जस्ता समस्याले गर्दा पनि छारे रोग देखिने गरेको उहाँ बताउनुहुन्छ । छारेरोग ५० प्रतिशत लक्षण देखिन्छ र ५० प्रतिशत भने छारेरोगको लक्षण नदेखिने खालका हुन्छ । नून, क्याल्ससियमको मात्रा कम भएपनि पनि छारेरोग देखिने गर्दछ । छारेरोग मानिसको मस्तिष्कमा आउने कुनै पनि अस्वाभिक विद्युतीय तरंग हो । मस्तिष्कको भागलाई नियन्त्रण गर्दछ । त्यस्तो वेला मानिसको सचेतना र अरु गतिविधि अस्भाविक देखिने गर्दछ ।
छारेरोगका लक्षण
चिकित्सकहरुका अनुसार नेपालमा देखिने छारेरोगमा जनरललाइज टोनिक्रोनिक छारेरोग हो । नेपालमा हुने यही छारे ८० प्रतिशत हुने गर्दछ । यस्तो प्रकारको रोगमा मानिसको सवै भाग काप्ने गर्दछ । यो छारेका शुरुमा मानिस एक्कासी वेहोस हुने, हात खुट्टा काम्ने (कहिल खुम्चने र कहिले खुल्ने), हातखुट्टाको झट्का दिने र शरिर कम्पन्न हुने गर्दछ । यस्तै मानिसको जिव्रो टोक्ने, मुखमा फिज आउने, आँखा सेतो भाग पल्टिएको, दिसास पिसाव आएको हुने गर्दछ । यस्तै छारे रोग भएको मानिसमा जटिलता केही नभएमा एक देखि पाँच मिनेटमित्रमा होसमा आउने सक्दछन् । विरामी होसमा आएपनि टाउको दुख्ने, वाकवाकी लाग्ने, केही विर्से जस्तो हुने (के हो के हो), निद्रा लागेको जस्तो हुने र केही समय १० देखि १५ मिनेट भित्रमा सामान्य अवस्थामा आउने गर्दछन । छारेरोगका विरामीहरु वेहोस भएर लड्नु भन्दा अगाडि छोटो समयका लागि इन्द्रेणी देखिएको, शरिरमा विद्युतीय तरंग आएको महसुस गर्ने र पेटमा केही असहज महसुस हुने जस्तो पनि समस्या आउने गर्दछन् । पाटन मानसिक अस्पतालका मानसिक रोग विशेषज्ञ डा. बासुदेव कार्कीले छारेरोग जुनसुकै ठाउँमा हुने सक्ने भएकोले दुर्घटना निम्तने बताउनुहुन्छ ।
“ लामोसमयमम्म उपचार नगरेर छारेरोगले दुर्घटना निम्ताउन सक्छ, ” डा. कार्कीले भन्नुभयो, “यसले मानिसमा मनोसामाजिक, वौद्धिक र व्यक्तित्वमा सपनि समस्या ल्याउँछ । छारेरोग दिर्घ प्रकृतिको स्यानुसंग सम्बन्धित स्वास्थ्य समस्या भएको र उपचार नगर्दा यसले अरु जटिलता ल्याउनसक्ने भएकोले समयमा नै उपचार गर्नुपर्दछ ।”
छारेरोग विभिन्न प्रकारका स्वास्थ्य समस्या भएका र दिमागको लक्षणको रुपमा देखिन सक्दछन् । मघुमेहको जटिलता, मिर्गौलाका विरामी, कलेजोका विरामी, टाउकोमा चोटपटक लागेका र ट्युमर (मासु पलाएको) जस्ता, दिमागमा संक्रमण जस्ता विरामीलाई छारेरोग देखिन्छ । छारेरोगको उपचार यस्ता रोगलाई छुट्टाएर गर्नुपर्दछ ।
नियमित औषधी सेवनबाट निको हुन्छ
छारेरोग नियमित औषधीको सेवनबाट निको पार्न सकिन्छ । डा.कार्कीका अनुसार छारेरोगको लक्षण देखिनासाथ औषधि खाएपछि यो रोग निको हुन्छ, । उहाँले लक्षण नदेखिएको तीन देखि पाँच बर्षसम्म औषधी नियमित खाँदा निको हुने बताउनुभयो । गर्भावस्था, सुत्केरी र स्तनपान गराइरहेका महिलाले चिकित्सकको सल्लाहमा नियमित स्वास्थ्य जाँच गरेर मात्र औषधी सेवन गर्नुपर्दछ । जन्मिने शिशुमा हुने जन्मजात ओठतालु फाट्ने जस्तो समस्या आउने गर्दछ । छारेरोग मानिसमा हुने तनाव, रक्सी सेवन, अनाश्यक औषधीको परिवर्तन, ध्रुमपान, हार्मोन परिवर्तनले गर्दा बढ्दो रुपमा रहेको छ । उहाँका अनुसार सवै काम्ने विरामी छारेरोगका विरामी होइन । निद्रामा हातखुट्टा झर्कने, टाउको दुखाईको कारणले एकापट्टको खुट्टा कम्पने, सुतेको वेला तर्सने, कसैको मुख चलाउने जस्ता समस्या छारे नभएको डा. भट्टराईले बताउनुभयो । मनको तनाव र मस्तिष्टमा अक्सिजन नपुगेर बढी छारेरोग हुने गर्दछ ।
वर्षेनी बढ्दै छारेरोग
हरेक बर्ष नेपालमा छारे रोगको सङ्ख्यामा बृद्धि हुँदै गएको छ । विगत पाँच बर्षको तथ्याङ्कले छारेरोगको सङख्यामा बृद्धि हुँदै गएको देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मतत्रालय,स्वास्थ्य सेवा विभाग अन्र्तगत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार नेपालमा छारेरोगको संख्या पनि बढीरहेको हो । स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली तथ्याङ्क अधिकृत पुष्प श्रेष्ठले आर्थिक बर्ष २०७७÷०७८ मा २४ हजार ५३२ जनामा छारेरोग लागेको पुष्टि गर्नुभयो । यसअघि आव २०७३÷०७४ मा १५ हजार ६४७ जनामा मात्र छारेरोग पुष्टि भएको थियो । श्रेष्ठका अनुसार आव २०७४÷०७५ मा १८ हजार ३८८ जना, आव २०७५÷०७६ मा १९ हजार ६४४ जना र आव २०७६÷०७७ मा २१ हजार १६४ जनामा छारेरोग देखिएको छ ।
सबैभन्दा बढी बागमती प्रदेशमा
स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार आव २०७७÷०७८ मा वागमती प्रदेशमा सवैभन्दा बढी छारेरोगका विरामी पाइएकाछन् । तथ्याङ्क अनुसार वागमती प्रदेशमा १० हजार ८३४ जना छारेरोगका बिरामी रहेको पाइएको थियो । वागमती पछि लुम्बिनीमा तीन हजार ७४७ जना, प्रदेश नंं. १ मा तीन हजार ५८५ जना, गण्डकी प्रदेशमा दुई हजार ५५० जना, मधेश प्रदेशबाट दुई हजार १७ जना, सुदूरपश्चिम प्रदेशमा एक हजार १४९ जना र कर्णाली प्रदेशमा ६५० जना रहेका छन् ।
यस्तै पाँच बर्ष अगाडि २०७३÷०७४ प्रदेश नंं १ मा एक हजार ६३२, मधेश प्रदेशमा ३१० जना, वागमती प्रदेशमा सात हजार ३०१ जना, गण्डकी प्रदेशमा दुुई हजार ४२४ जना, लुम्बिनी प्रदेशमा दुई हजार ८५९ जना, कर्णाली प्रदेशमा ३६६ जना र सुदूरपश्चिम प्रदेशमा ७५५ जना छारेरोगका विरामी रहेका थिए । जिल्लाअनुसार सवभन्दा बढी शहरी क्षेत्रका जिल्लामा छारेरोग देखिएको छ । तथ्याङ्क अनुसार मोरङमा दुई हजार ८९६ जना छारेरोगी देखिएका थिए । यस्तै मधेश प्रदेशको पर्सामा एक हजार ९२२ जना, वागमतीको काठमाडौँमा छ हजार ९९७ जना, गण्डकीको कास्की जिल्लामा एक हजार ३९० जना, लुम्बिनी प्रदेशको रुपन्देही दुई हजार ५४ जना, कर्णाली प्रदेशको सुर्खेत २२७ जना र सूदुरपश्चिम प्रदेशको कैलालीमा ४९१ जनामा छारेरोग देखिएको छ । ा पाँच बर्ष अगाडि आव २०७३÷०७४ को तथ्याङ्क हेर्दा प्रदेश नंं १ को सवभन्दा बढी मोरङ एक हजार २३० जना, मधेश प्रदेशको पर्सा २१५ जना, वागमती प्रदेशको काठमाडौँमा तीन हजार ८९१ जना, गण्डकी प्रदेशको कास्कीमा एक हजार ४५० जना, लुम्बिनी प्रदेशको पाल्पमा एक हजार २८५ जना, कर्णाली प्रदेशको पश्चिम रुकुममा १४८ जना र सूदुरपश्चिमम प्रदेशको अछाममा २८५ जना छारेरोगका विरामी रहेको उल्लेख छ ।
निःशुल्क औषधी
छारेरोगका विरामीलाई सरकारले २०७४ सालबाट नियमित रुपमा औषधी निःशुल्क प्रदान गर्ने गरेको छ । सवै स्थानीय तहबाट नै सरकारले नियमित निःशुल्क औषधी दिदै आएको छ । छारेरोगका बारेमा अझ पनि समाजमा अन्धविश्वास ने कामय रहेको चिकित्सक डा. कार्की बताउनुहुन्छ । उहाँले समाजमा रहेको भ्रम, अन्धविश्वास र गलत धारणालाई चिर्न आवश्यक रहेको छ । अझ पनि छारेरोग लागेपछि धामी,भाक्रीकोमा देखाउने जस्ता अन्धविश्वास रहेको पाइन्छ । पाटनमा दैनिक ५ देखि १० जना विरामी आउने गर्दछन । बच्चामा जन्मजात, अलि ठूला भए संक्रमण र ज्येष्ठ नागरिकलाई क्यान्सर, मधेमेह जस्ता कारणले छारेरोग लाग्ने गर्दछन ।
७० प्रतिशतलाई निको हुन्छ
छारेरोग ७० प्रतिशत विरामीलाई समयमा नै उपचार गर्न सके निको हुने गर्दछ । छारेरोग नियमित ३ देखि ५ बर्षसम्म औषधी सेवन गरेर र शल्यक्रिया गरेर निको हुने गर्दछ । छारेरोग विशेषज्ञ डा. लेकजंग थापाले पाँच देखि १५ बर्ष उमेरसमूहका बालबालिकालाई आफै निको हुने बताउनुहुन्छ । उहाँले बालबालिकाको आमालाई सम्झाउन सके ति बालबालिकामा छारे निको हुने बताउनुभयो । बच्चामा छारेरोग निको हुने सम्भावना बढी हुने उहाको भनाई छ । उहाँले छारेरोग धेरै पटक दोहरिएर ३० देखि ४० प्रतिशत मानिसमा ज्यान जाने खतरा रहेको बताउनुभयो । “छारेरोगले सिधै मुटुलाई असर गर्दछ, ” उहाँले भन्नुभयो, “मुखमा फिज आउने गर्नाले श्वास नली पनि श्वास फेर्न रोकिन्छ । त्यसैले मानिसको ज्यान जाने सम्भावना पनि हुन्छ ।”त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. सरोज ओझाले छारेरोग नेपालमा मात्र नभएर संसारमा नै स्वास्थ्य समस्याको रुपमा आएको बताउनुहुन्छ । उहाँले छारेरोगको खासै लक्षण नहुने र अन्य रोगको लक्षणमा देखिने बताउनुहुन्छ । “यो वंशाणुत कारण र दिमागमा चोल लागेपछि देखिन्छ,” उहाँले भन्नुभयो, “दिमागमा जुकाको अण्डा पुग्यो भने पनि यो रोग लाग्ने गर्दछ ।” उहाँले छारेरोग नसर्ने रोग भएकोले नियमित तीनदेखि पाँच बर्षसम्म औषधी खायो भने निको हुने बताउनुहुन्छ ।
उहाँले छारेरोग प्रतिको धारणा समाजमा परिवर्तन गर्न आवश्यक रहेको बताउनुहुन्छ । “छारेरोगको कारणले ढल्यो भने मानिसहरुले छुप बाल्ने, मोजा तथा जुत्ता सुगाउने जस्ता गर्दछन, ” उहाँले भन्नुभयो, “तर त्यसो गर्नु गलत हो । मानिस ढलेको वेला उसलाई सहयोग गर्नुपर्दछ ।”
डा. ओझाले पनि छारेरोगमा विरामी नियमित औषधी सेवन गरे ७० प्रतिशत निको हुने बताउनुहुन्छ । उहाँले छारेरोग लागेर निको भएका विरामीले अन्य मानिसजस्तो सामान्य जिवत विताउन सक्ने बताउनुहुन्छ ।
रासस