• बिहीबार , ५ कात्तिक २०८३
  • images

    एकैदिन आठलाख १५ हजारले खोप लगाए

    एकैदिन आठलाख १५ हजारले खोप लगाए

    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    हेल्दीखबर
    बुधबार, माघ १९ २०७८
    एकैदिन आठलाख १५ हजारले खोप लगाए


    काठमाडौ । नेपालमा एकैदिन आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगिता मिश्राले पछिल्लो २४ घण्टामा आठ लाख १५ हजार ७९६ जनाले कोरोनाविरुद्धको खोप लगाएको जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म चार करोड ५७ लाख आठ हजार ६४० मात्रा खोप नेपालमा आएको छ । नेपालले प्राप्त खोप मध्ये लक्षित जनसंख्या अनुसार ७४ दशमलब ४ प्रतिशतले पूर्ण मात्रा र ८६ दशमलब १ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । कुल जनसंख्यामा भने पूर्ण मात्रा लगाउने ४८ दशमलब ८ र एक मात्रा लगाउने ५६ दशमलब ४ प्रतिशत रहेका छन् । मिश्राका  अनुसार लक्षित समूहमा एक करोड ९९ लाख २२ हजार १६४ जनाले खोप लगाएका छन् । यस्तै कुल जनसंख्यामा तीन करोड तीनलाख ७८ हजार ५५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । 
    हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ । यसैगरी खोप लगाउनेको संख्या पनि ह्वात्तै बढेको छ । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार