• बुधबार, ४ कात्तिक २०८३
  • images

    नाबालक  छोरी सहित २३ वर्षीया सरस्वती झुन्डिएको अवस्थामा मृत फेला

    नाबालक  छोरी सहित २३ वर्षीया सरस्वती झुन्डिएको अवस्थामा मृत फेला

    हेल्दीखबर
    शनिबार, माघ १५ २०७८
    हेल्दीखबर
    शनिबार, माघ १५ २०७८
    नाबालक  छोरी सहित २३ वर्षीया सरस्वती झुन्डिएको अवस्थामा मृत फेला

    दार्चुला । आमा र उनकी एक वर्षीय बच्चा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। दार्चुलाको शैल्यशिखर नगरपालिका-८ को तल्चौरामा शैल्यशिखर नगरपालीका-७का शिव बिष्टकी श्रीमती सरस्वती बिष्ट र उनकी १ वर्षीय छोरी जेनिसा बिष्ट रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टका अनुसार २३ वर्षीय आमा र १ वर्षीय छोरी घरबाट माईत जान्छु भन्दै बच्चापनि साथमा लिएर हिंडेकाे र बाटोमा असुरो(खन्या)को रुखमा दोपट्टा च्यातेर दुई भाग बनाई एउटामा बच्चा र अर्कोमा आमास्वंय झुन्डिएको अवस्थामा फेला परेको हुन् ।
     ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले घटनास्थलको मुजुल्का उठाएर पोष्टमाटमका लागि गोकुलेश्वर लगेको थियोे ।
    उक्त घटना के कती कारणले भएको हो यसबारे पोस्टमार्टम  रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार