काठमाडौं,२९ असार । सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सपथ ग्रहणपछि मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले संसदीय मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रवक्ताको जिम्मा दिने निर्णय गरेको छ ।