एक जना अस्पताल भर्ना
काठमाडौ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका ६० जना चिकित्सक तथा नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
उहाँले संक्रमित स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको बताउनुभयो ।
स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको उहाँको भनाई छ । ती मध्य एकजनालाई अस्पताल भर्ना गरिएको छ ।
डाक्टर नर्स समेत संक्रमित हुन थालेपछि स्वास्थ्य सेवा प्रभावित भएको काफ्लेको भनाई छ।
स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरेपनि हालसम्म बुस्टर डोज दिन सकेको छैन ।