काठमाडौ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
केहीदिन अघिको तथ्याङ्क अनुसार नेपालमा दुइगुणाले संक्रमितको संख्या बढेको छ ।
पुस १६ गते नौ हजार ८४ जनाको परीक्षण गर्दा २३५ जना व्यक्ति संक्रमित भएको थिए । मन्त्रालयका अनुसार आज १२ हजार ९९ को परीक्षण गर्दा ५४० जना संक्रमित हुन पुगेका छन् ।
गतसाता भन्दा यो संख्या १०५ जनाले बढी हो । बुधबार ४३५ जनालाई मात्रै कोरोना देखिएको थियो ।
मन्त्रालयका अनुसार बिहीबार पछिल्लो चौबिस घण्टामा देशभर ५४० जना कोरोना संक्रमित थपिएका छन् ।
सात हजार २०९ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा ४७८ र ४ हजार ८९० जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा ६२ जनाको जना संक्रमित भएका हुन् ।
जसमध्ये काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा २२१ भक्तपुरमा ३० र ललितपुरमा ५९ जना गरी उपत्यकामा ३१० जना थपिएका छन् । यी सहित हालसम्म नेपालमा कुल संक्रमितको संख्या ९ लाख २६ हनार ९२५ पुगेको छ । जसमध्ये ८ लाख १३ हजार ४४७ जना निको भएका छन् ।