• सोमबार, १५ भदौ २०८३
  • images

    बागमती,लुम्बिनी र गण्डकी प्रदेशमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने

    बागमती,लुम्बिनी र गण्डकी प्रदेशमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने

    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    बागमती,लुम्बिनी र गण्डकी प्रदेशमा आजदेखि कोरोना विरुद्धको खोप लगाइने


    काठमाडौँ, २९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोनाबिरुद्धको खोपको पहिलो मात्रा सञ्चालन गर्दैछ । भेरोसेल खोप गण्डकी ,बागमती र लुम्बिनी प्रदेशमा भेरोसेल खोपको पहिलो अभियान सुरु गर्न लगेको हो। 
     काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले पनि विभिन्न केन्द्र तोकेर खोप अभियान संचालन गर्दैछ। पहिलो चरणमा ५५ बर्ष देखि माथिका खोप पाउन सबै व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले भेरोसेल खोप बागमति,लुम्बिनी र गण्डकी प्रदेशमा लगाइने जानकारी पनि दिनुुभयो । उहाँले पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई पनि यसैपटक भेरोसेल खोप दिने बताउनुुभयो । 
    स्वास्थ्य मन्त्रालयले तोकेको अत्यावश्यक सेवामा सम्लग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई पनि खोप दिने निर्णय गरेको जानकारी डा.गौतमले दिनुुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार