कुन उमेरका ब्यक्तिले लगाउन मिल्छ
काठमाडौं,२८ असार । सरकारले मंगलबार देखि कोभिडबिरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा ५५ बर्ष देखि माथिका खोप पाउन सबै व्यक्तिलाई भेरोसेल खोप दिने निर्णय गरेको हो। यस्तै जोन्सन एण्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ बर्ष उमेर समूहका लागि लगाउने निर्णय भएको छ । तर यो खोप भेरोसेल खोप लगाइसकेपछि मात्रै सुरु हुने छ। भेरोसेल खोप विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरुलाई पनि खोप पाउनेछन् । यस्तै सरकारले तोकेको अत्यावश्यक सेवामा स्वास्थ्यकर्मीहरुले खोप लगाउनेछ्न। खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई पनि खोप दिने निर्णय गरेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंहले मंगलबार देखि बागमती, लुम्विनी र गण्डकी प्रदेशमा खोप अभियान सञ्चालन गरिने बताउनुभयो । जोन्सन एण्ड जोन्सनको जानसेन खोप ५० देखि ५४ बर्ष उमेर समूहका लागि लगाउने निर्णय भएको छ । 
