काठमाडौं । मानसिक अस्पताल पाटनका प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स डा. अनन्त अधिकारी सोही अस्पतालको निर्देशकमा नियुक्त हुनुभएको छ। स्वास्थ्य मन्त्री बिरोध खतिवडाले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. अधिकारीलाई निर्देशकमा नियुक्त गर्नुभएको हो।
निर्देशक डा. मोहनराज श्रेष्ठको अनिवार्य अवकाश भएपछि डा. अधिकारीलाई निर्देशकमा नियुक्ति गरिएको हो।