• बिहीबार , ५ कात्तिक २०८३
  • images

    रेविज रोग नियन्त्रण गर्न १४९ कुकुर–बिरालोको बन्ध्याकरण

    रेविज रोग नियन्त्रण गर्न १४९ कुकुर–बिरालोको बन्ध्याकरण

    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
    हेल्दीखबर
    शनिबार, पुस ३ २०७८
    रेविज रोग नियन्त्रण गर्न १४९ कुकुर–बिरालोको बन्ध्याकरण


    लमजुङ । रेबिज रोग नियन्त्रण गर्न ककुर र बिरालोको बन्ध्याकरण गरिएको छ । 
    लमजुङमा आयोजना गरिएको शिविरमा भेटिरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रुपेश श्रेष्ठ लगायतको टोलीले कुकुर र विरालोको बन्ध्याकरण गरेको हो । 
    लमजुङको  बेँसीशहरमा आयोजित बन्ध्याकरण  शिविरमा १४९  कुकुर र बिरालोको बन्ध्याकरण गरिएको छ ।

    रेविज नियन्त्रण गर्न दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा १३४ वटा कुकुर र ७ वटा बिरालोको बन्ध्याकरण गरिएको हो ।
    कुकुरको टोकाइबाट हुने रेविजरोग शून्यमा झार्ने लक्ष्यका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ, बेंसीशहर नगरपालिका र केन्द्रीय रिफरल पशु चिकित्सालय काठमाडौँको संयुक्त आयोजनामा बन्ध्याकरण तथा खोप शिविर सञ्चालन गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार