• सोमबार, १५ भदौ २०८३
  • images

    जिप दुर्घटनामा नवदम्पती जोडी सहित पाँच  जनाको मृत्यु

    जिप दुर्घटनामा नवदम्पती जोडी सहित पाँच  जनाको मृत्यु

    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    हेल्दीखबर
    सोमबार, मंसिर २० २०७८
    जिप दुर्घटनामा नवदम्पती जोडी सहित पाँच  जनाको मृत्यु

     बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा नवदम्पती सहित पाँच  जनाको मृत्यु भएको छ । पाटनबाट सकारका लागि हिँडेको से१ज ८८८ नम्बरको जिप पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटना हुँदा पाँच  जनाको मृत्यु भएको हो । 
    मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् । 


    उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो । 

    मनीषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ । घाइते मध्ये ४० वर्षीय जानकारी भट्टराईको पनि मृत्यु भएको छ। 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार