• बिहीबार , ५ कात्तिक २०८३
  • images

    कोरोनाबाट आठको मृत्यु, नौ लाख एक हजार २३३ जना संक्रमित 

    कोरोनाबाट आठको मृत्यु, नौ लाख एक हजार २३३ जना संक्रमित 

    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    हेल्दीखबर
    बिहीबार , कात्तिक ४ २०७८
    कोरोनाबाट आठको मृत्यु, नौ लाख एक हजार २३३ जना संक्रमित 


    काठमाडौे । गत २४ घण्टामा कोरोनाबाट आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ  । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३२६ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ छ भने  हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट आठ  लाख सात हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ७७१  पुगेको छ । 
    पछिल्लो २४ घण्टामा काठमाठडौ उपत्यकामा २१४ जना कोरोना संक्रमति थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४७, ललितपुरमा ५१ र भक्तपुरमा १६ जना गरी २१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 
      
    मन्त्रालयका अनुसार ७७ मध्ये जम्मा दुई जिल्लामा मात्रै संक्रमितको संख्या शून्य रहेको छ । मन्त्रालयमा अनुसार गण्डकी प्रदेशको मुस्ताङ र कर्णाली प्रदेशको मुगु जिल्लामा सक्रिय संक्रमितको संख्य शून्य रहेको छ ।
    यस्तै पछिल्लो २४ घण्टामा देशभर ५४५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४७० र  एन्टिजेन परीक्षणबाट ७५ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा छ  हजार ५८६ नमुनाको पीसीआर परीक्षण तथा एक  हजार ९६३ एन्टिजेन परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार उपत्यकाका तीनै जिल्लामा हाल पाँचसय भन्दा बढी सक्रिय संक्रमति छन् । काठमाडौंमा एक हजार २८०, ललितपुरमा ६२८ र भक्तपुरमा ५७७ जना सक्रिय संक्रमित रहेका छन् । यसबाहेक पाँचसयभन्दा बढी सक्रिय संक्रमित हुनेमा कास्की जिल्ला रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार