गुजरात । भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माउनुभएको छ । पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिनुभएको हो । वाल्जीभाइ र उहाँका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप छोरालाई जन्म दिनुभएको हो ।
इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उहाँको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा.नरेश भानुशालीले बताउनुभयो । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले करिब दुई दशकसम्म विभिन्न कोसिस गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । यसअघि स्पेनकी म्यारिया डेल कार्मेन लाराले ६६ वर्षको उमेरमा जुम्ल्याहा सन्तान जन्माएर विश्व रेकर्ड राखेकी थिइन् ।
तर यसलाई कतिपयले विरोध पनि गरेका छन् । गर्भावस्था आफै मुटु र अन्य अंगहरु लाई जोखिम मा राख्छ किनकि यो शरीर मा एक अतिरिक्त बोझ हो।
तर डा भानुशालीले भने कि यो ूभगवानको इच्छाू भएको प्रतिकृया दिएका छन् । ूत्यहाँ आलोचना भएको छ । केहि डाक्टरहरु मेरो निर्णय को बिरुद्ध बोलेका छन् तर म खुशी छु कि म वृद्ध दम्पती को जीवन मा खुशी ल्याउन सक्छु,ू उहाँले भन्नुभयो ।
ूकसैले जोखिम लिनु हुदैन तर बच्चाहरु भगवान को आशीर्वाद हुन्। दम्पतीले नयाँ ऊर्जा पाएका छन् र बाँच्ने आशा गर्छन्। ”

यद्यपि, सन् २०१६ मा विवादित ओभरी प्रत्यारोपणमार्फत इटालीकी एन्टोलिया भर्टेडेलाले १०१ वर्षको उमेरमा ९ पाउन्डको शिशु जन्माएको वल्र्ड रेकर्ड एकेडेमीले जनाएको छ।