काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भक्तपुरमा रहेका सरकारी अस्पतालको सेवा विस्तार गर्नुपर्ने बताउनुभयो । उक्त अस्पतालमा बिरामीको संख्या धेरै र अस्पताल सानो भएकोले स्वास्थ्य सेवा दिन गाहे भइरहेको छ । डाइसिसका लागि भक्तपुर नै आउनुपर्ने बाध्यता हटाउनका लागि शहरका मुख्यमुख्य भागमा डाइसिस सेन्टर खोल्ने व्यवस्था गर्न पनि राज्यमत्ती श्रेष्ठले निर्देशन दिनुभयो ।
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुरकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रको सेवा विस्तारका तत्कालका लागि स्थानको अभाव रहेको बताउनुभयो ।
सरकारी अस्पतालले दिने स्वास्थ्य सेवा गुणस्तर हुनुपर्ने बताउनुभएको छ । भक्तपुरमा रहेका तीन सरकारी अस्पतालको निरिक्षणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले क्यान्सर अस्पतालको सेवा विस्तार तथा आवश्यक उपकरण खरिदका लागि सहयोग गर्ने बताउनुभयो । राज्यमन्त्री श्रेष्ठले उपलब्ध भएका स्रोत साधन र पूर्वाधारलाई सक्दो उपयोग गरेर काम गर्न समेत अस्पतालका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।
स्वास्थ्यराज्यमन्त्री श्रेष्ठले भक्तपुरमा रहेका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा भक्तपुर अस्पतालले तोकिएको मापदण्ड पूरा गरी गुणस्तरीय सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले अझै राम्रो र गुणस्तरीय सेवा दिनका लागि आग्रह गर्नुभयो ।
यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले
केन्द्रमा अंग प्रत्यारोपण गरेका र डायलासिस गरेका बिरामीको गुनासोसमेत राज्यमन्त्री श्रेष्ठले सुन्नुभएको थियो । राज्यमन्त्री श्रेष्ठ सहित स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.दीपेन्द्र रमण सिंह सहितको टोलीले सोमबार दिउँसो भक्तपुरमा रहेका तीन अस्पतालको निरीक्षण गरेको हो ।