• सोमबार, २ कात्तिक २०८३
  • images

    प्रधानमन्त्री पत्नी सविनाको शल्यक्रिया सफल, स्वास्थ्य अवस्था सामान्य

    प्रधानमन्त्री पत्नी सविनाको शल्यक्रिया सफल, स्वास्थ्य अवस्था सामान्य

    बिहीबार , असोज २९ २०८३
    बिहीबार , असोज २९ २०८३
    प्रधानमन्त्री पत्नी सविनाको शल्यक्रिया सफल, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौँ, २९ असोज । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सविना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहीबार बिहान उहाँको शल्यक्रिया गरिएको हो।

    अचानक पेट दुख्ने समस्या देखिएपछि काफ्ले बिहीबार राति उपचारका लागि अस्पताल पुग्नुभएको थियो। स्वास्थ्य परीक्षणका क्रममा एपेन्डिसाइटिस देखिएपछि चिकित्सकले शल्यक्रिया गर्नुभएको हो।

    images

    अस्पताल श्रोतका अनुसार वरिष्ठ शल्यचिकित्सक प्राडा. प्रशान्त वीरसिंह कंसाकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले बिहान करिब ४ बजे शल्यक्रिया गरेको हो। शल्यक्रियापछि काफ्लेको स्वास्थ्य अवस्था सामान्य रहेको छ। चिकित्सकले उहाँलाई केही समय अस्पतालको निगरानीमा राख्ने निर्णय गरेका छन्।

    शल्यक्रियाका क्रममा प्रधानमन्त्री शाह स्वयं अस्पतालमा उपस्थित हुनुहुन्थ्यो।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार