• सोमबार, २ कात्तिक २०८३
  • images

    आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्वाचित

    आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्वाचित

    आयुर्वेद प्रवर्द्धनमा राज्य र निजीक्षेत्र सहकार्य आवश्यक : डा. शेरचन

    शनिबार, वैशाख १२ २०८३
    शनिबार, वैशाख १२ २०८३
    आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्वाचित

    काठमाडौँ, १२ वैशाख । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्विरोध निर्वाचित हुनुभएको छ । 

    शुक्रबार काठमाडौँमा सम्पन्न संघको आठौँ अधिवेशनले शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    images

    नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष सुमन पाण्डे, वरिष्ठ उपाध्यक्षमा डा. सुमन पौडेल तथा उपाध्यक्षमा विनोद अधिकारी रहनुभएको छ । यसैगरी महासचिवमा पिताम्बर आचार्य निर्वाचित हुनुभएको छ ।

    त्यसैगरी कोषाध्यक्षमा अर्जुन पौडेल, सचिवमा डिल्लीप्रसाद घिमिरे र सह–कोषाध्यक्षमा मीनप्रसाद ढकाल चयन हुनुभएको छ । सदस्यहरूमा सिद्धार्थ खण्डेलवाल, राजु अधिकारी, नारायण सापकोटा, मनिषकुमार झा र जीना पौडेल निर्वाचित हुनुभएको छ ।

    अधिवेशनको उद्घाटन प्रतिनिधिसभा अन्तर्गतको स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचनले गर्नुभएको थियो । उहाँले आयुर्वेदिक औषधीको महत्वबारे प्रकाश पार्दै यसको उत्पादन, बजारीकरण र प्रवर्द्धनका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

    उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष सुमन पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा औषधी व्यवस्था विभागका अधिकृत  किरण सुन्दर बज्राचार्य, नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लब अधिकारी तथा नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश खण्डेलवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार