• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौँ महानगरले २० हजार विद्यार्थीको आँखा परिक्षण गर्ने

    काठमाडौँ महानगरले २० हजार विद्यार्थीको आँखा परिक्षण गर्ने

    नेपाल आँखा अस्पतालसँग सम्झौता

    बिहीबार , चैत ५ २०८२
    बिहीबार , चैत ५ २०८२
    काठमाडौँ महानगरले २० हजार विद्यार्थीको आँखा परिक्षण गर्ने

    काठमाडौ, ५ चैत  । काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरुको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ । 

    आज कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थितिमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी. र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

    सम्झौतापछि कार्यवाहक प्रमुख डंगोलले, बालबालिकाहरुमा अत्याधिक मोवाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवर्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो । ‘सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको पनि आँखा जाँच गराइनेछ ।’ उहाँको भनाइ थियो । 

    सम्झौताबमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरुको आँखा जाँच गर्नु पर्नेछ । जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार