• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्यकर्मी शोभा उप्रेतीको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली

    स्वास्थ्यकर्मी शोभा उप्रेतीको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली

    अख्तियारद्धारा विशेष अदालतमा मुद्धा दायर

    सोमबार, भदौ ३१ २०८१
    सोमबार, भदौ ३१ २०८१
    स्वास्थ्यकर्मी शोभा उप्रेतीको एसएलसीको शैक्षिक प्रमाणपत्र  नक्कली

    काठमाडौँ, ३१ भदौ । शहरी स्वास्थ्य केन्द्रमा दश वर्ष जागिर खाएका अहेवले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पाइएको छ । 
     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका वडा नं ३२ स्थित शहरी स्वास्थ्य केन्द्र मालेपाटनमा अहेव चौथो तहमा २०६८ साल देखि कार्यरत शोभा उप्रेतीको एसएलसी तहको शैक्षिक योग्यता नक्कली भएको भन्दै विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

    उप्रेतीले सोही प्रमाणपत्र पेश गरी २०६८ साल देखि २०७८ सालसम्म अहेव पदमा नियुक्ती लिई ओहोदा, लाभ र सुविधा लिएको आरोप अख्तियारको छ ।


    अख्तियारले आज विशेष अदालतमा दायर गरेको रिटमा उप्रेती माथि भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा दफा २९ को उपदफा २ र प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिमको कसुर उल्लेख गरिएको छ ।

    यस्तै साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ तथा दफा २९ को उपदफा २  र  प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय हुन माग दावी लिई आज विशेष अदालतमा काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार