• सोमबार, २ कात्तिक २०८३
  • images

    स्वास्थ्यका कर्मचारीसंग आक्रोसित स्वास्थ्य मन्त्री बस्नेत 

    स्वास्थ्यका कर्मचारीसंग आक्रोसित स्वास्थ्य मन्त्री बस्नेत 

    ‘कर्मचारीको जागिरे मानसिकताले स्वास्थ्यका लक्ष्य हाँसिल गर्न सकिएन’

    हेल्दीखबर
    बुधबार, माघ १० २०८०
    हेल्दीखबर
    बुधबार, माघ १० २०८०
    स्वास्थ्यका कर्मचारीसंग आक्रोसित स्वास्थ्य मन्त्री बस्नेत 


    काठमाडौँ, १० माघ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्यका कर्मचारीसंग आक्रोसित भएका छन् । 
    मंगलबार राष्ट्रिय दादुरा–रुवेला खोप अभियान २०८०\०८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेत आक्रोसित भएका हुन् । 
    उनले कर्मचारीको कारण स्वास्थ्यमा अपेक्षित सफलता पाउन नसकेको बताए । उक्त  कार्यक्रममा मन्त्रालयले अपेक्षित सफलता पाउन नसकेको भन्दै कर्मचारीप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् । स्वास्थ्य मन्त्री बस्नेतले कर्मचारीको कार्यशैली प्रति असंतुष्टि पोख्दै क्षमता अनुसार काम नभएको बताए । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्य लिएको भए पनि यही गतिमा काम गर्ने हो भने त्यो संभव नभएकोले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको मन्त्री बस्नेतले बताए ।

    देशभरिका ७२ वटा जिल्ला पुर्ण खोप जिल्लाका रुपमा घोषणा गरिसकिएको भए पनि देश भरि पुर्ण खोप लिएका बालबालिकाको संख्या किन ५२ प्रतिसत मात्र भएको प्रश्न गर्दै मन्त्री बस्नेतले भने,‘ एकातिर ५ जिल्ला बाहेक देशका ७२ जिल्ला पुर्ण खोप जिल्ला घोषणा गरिसकेका छौ भन्दै हुनुहुन्छ । अर्कोतिर देश भरि ५२ प्रतिसत बालबालिकाले मात्र पुर्ण खोप लिएका छन् भन्दै हुनुहुन्छ । यो कस्तो तथ्यांक हो ।

    images

     अहिलेकै कार्यशैलीमा काम गर्ने हो भने सन् २०२६ सम्म पनि दादुरा–रुवेला निवारण हुनेमा आफु विश्वस्त हुन नसकेको मन्त्री बस्नेतले बताए । सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भए पनि कर्मचारीकै ढिलासुस्ती र गैरजिम्मेवारीपनका कारण त्यो पुरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिएको भए पनि जिम्मेवारीका साथ काम भइनरहेकोले फेरि अर्को मिति तोक्नु पर्ने अवस्था आउन नहुने मन्त्री बस्नेतले बताए ।

     ‘जागिर मात्र खाने मानसिकताले काम गर्दा तोकिएको लक्ष्य पुरा गर्न सकिदैन । आफुमा भएको क्षमता प्रदर्शन गर्न सक्नु पर्छ । ’ मन्त्री बस्नेतले भने,  ‘ स्वास्थ्यका अधिकारीको काम महिनामा दुई दुई पटक विदेश जाने र आईएनजिओको काम गर्ने मात्र होइन । सरकारी सेवामा प्रवेश गरेपछि जनताको पक्षमा काम गर्नु पर्छ । ’ स्वास्थ्यका कर्मचारीको अहिलेको काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने बताउदै मन्त्री बस्नेतले सरकारले दिएको जिम्मेवारी गहन ढंगले बहन गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।  

    आईएनजीओले आयोजना गर्ने कार्यक्रममा मन्त्रालय मातहतका विभाग र महासाखाका ठूलो संख्यामा कर्मचारी पुग्ने गरेकोमा पनि मन्त्री बस्नेतले असन्तोष व्यक्त गरे । उनले भने, ‘मन्त्रालय, विभाग, महासाखा नै रित्तो बनाएर आईएनजीओको कार्यक्रममा हिडनु भएन । जनताको सेवा दिने कार्यालय सुनसान हुनु भएन ।’ अर्थ मन्त्रालयले वीर अस्पतालको नियमित बजेट शिर्षकमा बजेट नराखिदिएको दोष समेत स्वास्थ्य मन्त्रीलाई दिइराखेकोमा रोष प्रकट गर्दै मन्त्री बस्नेतले काम राम्रो गर्दै गएपछि कसैको पनि डराउनु पर्ने अवस्था नरहेको दावी गरे ।

    १०० शैयादेखि ३०० शैयासम्मका अस्पतालमा नर्स र प्यारामेडिक्सको पढाई हुने गरि काम अगाडि बढी सकेको र निकट भविश्यमै ३०० शैयाका अस्पतालमा एमविविएससम्मको अध्ययन गर्ने व्यवस्था गर्ने योजनाका साथ आफु अगाडि बढेको दावी गर्दै मन्त्री बस्नेतले निकट भविश्यमै नेपाल चिकित्सा शिक्षाको हव हुने ठोकुवा गरे । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। आरपी बिच्छाले खोप कार्यक्रममा सधै अभियान चलाईराख्नु भन्दा दीर्घकालिन समाधान खोज्नु पर्ने आवश्यकता रहेको बताए । सन् २०१६ मा पुर्ण खोप दर १ प्रतिसतमा रहेकोमा अहिले त्यो बढेर ४ प्रतिसतमा पुग्नु चिन्ताको बिषयमा भएको बताउदै खोप खेर जाने प्रतिसतलाई पनि घटाउदै लैजानु पर्ने आवश्यकतामाथि  जोड दिए ।

    स्वास्थ्य मन्त्रालयका सचिव डा रोसन पोखरेलले देश भरि ५२ प्रतिसतले मात्र खोप पाएको तथ्यांकलाई सुधार गर्दै ९५ प्रतिसत भन्दा बढी बालबालिकाले खोप पाएको तथ्यांक सार्वजनिक गर्न सबैको सहकार्य आवश्यक रहेको बताए । परिवार कल्याण महासाखाका निर्देशक डा। विवेककुमार लालले खोपको वर्तमान अवस्था र भावी रणनीतिका बिषयमा प्रस्तुतिकरण गर्दै सरकारले सन् २०२६ सम्म दादुरा रुवेला निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

    नेपालमा २३ प्रतिसत खोप खेर जाने गरेको तथ्यांक प्रस्तुत गर्दै यसको प्रतिसत घटाउन तिर सबैको ध्यान जानुपर्ने आवश्यकता औल्याए । उनले ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षमुनीका बालबालिकालाई र २५ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनीका बालबालिकालाई केन्द्रित गरेर दादुरा र रुवेलाको खोप अभियान सञ्चालन गरिने जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार