• सोमबार, २ कात्तिक २०८३
  • images

    सिद्धिचरण नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

    सिद्धिचरण नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

    हेल्दीखबर
    सोमबार, असार ११ २०८०
    हेल्दीखबर
    सोमबार, असार ११ २०८०
    सिद्धिचरण नगरपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

    ओखलढुङ्गा, ११ असार । सिद्धिचरण नगरपालिकाका सम्पूर्ण बालबालिकाहरुले पुर्ण खोप लगाएका छन् ।
     नगरपालिकाको १२ वटा वडाका जन्मेदखि २३ महिनासम्मका ६५६ बालबालिकाले सम्पूर्ण खोप लगाएको सुनिश्चित भएसँगै नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता नगरका रुपमा घोषणा गरिएको हो । 

    यसका साथै जन्मेदेखी १५ महिनासम्मका चार सय १५ बालबालिकाले स्वास्थ्य संस्थाहरुमार्फत हाल नियमित खोप लगाई रहेको राईको भनाइ छ । 

    images

    नगरको १२ औं नगरसभामा नगर प्रमुख तेजेन्द्र खनालले सिद्धिचरण नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितता भएको घोषणा गर्नुभएको हो । १६ देखी २३ महिनासम्मका दुई सय ४१ बालबालिकाले सम्पूर्ण खोप लगाईसकेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक आईतबहादुर राईले बताउनुभयो । 

    प्रमुख प्रशासकिय अधिकृत बलराम लम्सालले नगरपालिकाको १२ वटै वडामा स्वास्थ्यकर्मी साथै वडा समितिमार्फत खोप लगाउने उमेरका बालबालिकाले सम्पूर्ण खोप लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणाका लागि मेयर समक्ष प्रस्ताव लगिएको बताउनुभयो । 

    प्रमुख प्रशासकिय अधिकृत लम्सालले राख्नुभएको प्रस्तावको आधारमा नगरप्रमुख खनालले सिद्धिचरण नगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता भएको घोषणा गर्नुभएको हो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार