काठमाडौं । डाक्टर आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपालको उत्कृष्ट २० मा छनोट हुनुभएको छ। ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उहाँ टप २० भित्र पर्न सफल हुनुभएको हो। आयोजक उमंग क्रिएसनले मिस यूनिभर्स नेपालको आधिकारिक यूट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारण गर्दै प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धिहरुको नाम सार्वजनिक गरेको थियो। ढुंगाना गतवर्ष मात्रै बंगलादेशबाट छाला रोग विषयमा स्नातकोत्तर अध्ययन पुरा गर्नुभएको थियो।
उक्त सूची अनुसार २० जना प्रतिस्पर्धिहरुमा चिकित्सा क्षेत्रबाट एक जनामात्र प्रतिस्पर्धि छनोट हुनुभएको हो। उत्कृष्ट २० मा रजनी मिश्र, रीजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी श्रृष्टी हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी मोनालिसा पराजुली, बुटबलकी रेनुका चौधरी, झापाकी दिक्षा खाती, मंगलबजारकी प्रतिभा महर्जन, क्यानाडाकी सामना कार्की, अष्ट्रेलियाकी विपना अधिकारी, वर्दियाकी मोनिका चौधरी, धुम्बाराहीकी सोफिया भुजेल, चितवनकी प्रियांशु महत, काठमाडौंकी आकृति मानन्धर, बुटबल, अनु अनमोल क्षेत्री, अष्ट्रेलिया आश्मा केसी, काठमाडौंकी डा.आयुष्नोभा ढुंगाना तथा बागबजारकी सेफिना जोशी अन्तिम चरणका लागि छनोट हुनुभएको छ।
मिस यूनिभर्स नेपालकी नेशनल डाइरेक्टर नग्मा श्रेष्ठका अनुसार क्वाटर फाइनलका लागि छनोट भएका प्रतिस्पर्धिहरुलाई तीन वटा टास्क दिइएको थियो । टास्कसंगसंगै भोटिङ राउण्ड पनि खुला गरिएको थियो । तीन वटै टास्कका लागि निर्णायकहरु पनि थिए भने भोटिङ बाट आएको मतबाट पनि उत्कृष्ट २० को छनोट गरिएको थियो।
उत्कृष्ट २० मा छनोट भएका प्रतिस्पर्धिहरुलाई करिव १० दिनसम्म क्लोज क्याम्पमा राखेर प्रशिक्षण दिएपछि आगामी भदौ ९ गते आयोजना गरिने ग्राण्ड फिनालेमार्फत मिस यूनिभर्स नेपाल २०२२ को छनोट गरिने छ ।